
हिमाल हेल्थ /बिहीबार , बैशाख २३, २०७८
धनगढी । कोरोनाको कारण धनगढीमा अक्सिजनको चरम अभाव भइरहेको बेला धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सको गोदाममा छापा हानेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेको र बिभऩ्न मिडिया मार्फत सिलिन्डर लुकाएको सामाचार बाहिर आएको बेला एक औषधि व्यवसायीको गोदाममा भने भरिएका ५० र खाली ११ गरी जम्मा ६१ सिलिन्डर भेटिएका छन । धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको हो। अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा उनको गोदाममा छापा हानेपछि सिलिन्डर लुकाएको भेटिएकोकुरा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो। अनुगमनमा जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत यादव भण्डारी, वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि गएका थिए।