
सुन्दा पनि अचम्म लाग्न सक्छ एउटा यस्तो देश जाहा .. जब जव संकट पर्छ तब तब कमिसनकारी र कात्रोको ब्यापारमा कालो बजारी गर्ने हरु खुसि हुन्छन । अहिले नेपालपनि कोरोको माहामारि बाट अछुतो रहन सकेको छैन दिनप्रतिदिन कोरोना संत्रमित र मृतकको संख्या बढ्दै गईराखेको एकातिर छ भने अर्कोतिर स्वास्थ्य सुरक्षाका सामान्य समाग्री मा भैराखेको कालोबजारिकरणले गर्दा सर्बसाधारणले सजिलैगरि पाउन सकेका छैनन । दोश्रो चरणको कोरोना संक्रमण संगै बजारमा मास्क, अक्सिमिटर,अक्सिजन लगायतका समाग्रीमा चरम कालोबजारी फस्टाएको छ, समान्यतय दुई रुपैया पर्ने डिस्पोजेवल मास्कलाई रु दशमा प्रत्येक खुद्रा पसल तथा फुटपाथमा पनि खुल्याम बेच्ने गरेका छन भने सात सय आठ सय पर्ने अक्सिमिटर लाई पैतिस सय देखि चार हजार सम्म बिक्रि गरिराखेको पाईन्छ ।
यति सम्म विडम्बना छ कि मान्छे मरिसकेपछि चाहिने कात्रोमा र जलाउनका लागि चाहिने दाउरामा सम्म कालो बजारी गरिरखेका छन यस्तो सुन्दापनि एउटा असल आदर्श परोपकारि मानबको मन भकानिन्छ होला तर रुदैन त्यो कालोबजारिया कात्रो ब्यापारीको मन… बुझ्दैन त्यो निर्लज्ज सरकार । देशमा नेताको कमि छैन तर असल निश्वार्थ नेतृत्वको भने पक्कै कमि छ स्थानिय देखि केन्द्र सम्म फटा चोर स्वार्थिको दरिलो संञ्जाल छ जसको फलस्वरुप गरिबको पिडा कसैले बुझ्न त टाढाको कुरा नेताको विल्ला भिरेका धेरैजसो मुर्ख हरुले सम्झिने कोसिस पनि गर्दैनन । देशमा महामारी चलेको छ ! पेट भोको छ बेलुका छाकटार्ने कसरि ? केहि विकल्प छैन निर्वाचनको समयमा आफ्नै छोरा जस्तैगरि बुवा आमा भन्दै खेत गरामा नै पुग्ने हरु आखा अगाडि चिल्लो गाडिमा हुइकिन्छन तर यस्तो आपतकालिन समयमा कसैले सोधखोज गर्दैन ।
काम गर्ने पौरखी हात त छन तर काम गर्ने अवस्था छैन संक्रमण भन्दा नि भोकबाट बाच्न गारो छ । आखिर डर न हो बाचुञ्जेल र सकुन्जेल फाटेको रुमालले भएपनि सरकारी मापदण्ड पुरागर्न मुख ढाक्ने गरिन्छ त्यसमाथी कुरा काट्नेको भिड पनि छ !!!कस्तेा होला एउटा मास्क लगाउन नसक्ने ! निर्लज्ज सरकार तिमि कहां र्छाै कण्डम निशुल्क गर्न सक्ने पिल्स निसुल्क गर्न सक्ने तर रु दुई पर्ने डिस्पोजेवल मास्क निशुल्क टाढाको कुरा सर्बसुलभ पनि छैन । कोरोनाले धनी गरिव चिन्दैन संक्रमित भैहाले सरकारी अस्पतालमा पहुच छैन पा्रईभेटमा उपचार गर्न कल्पना सम्म पनि गर्न सकिदैन ।अक्सीजनको पनि कालोबवारी छ हुनेखानेले भित्र थन्काएर राखे बाकि रहेको ब्यापारिले लुकाए सरकारले नत प्रभाबकारी अनुगमन गर्छ न त कसैलाई सजाय यसो सम्झिदा पनि यो देश चोर फटा लुटेराले नै चलाउछन की जस्ता लाग्छ । संविधानमा स्वास्थ्य सम्बन्धि उल्लेख गरेको मौलिक हक सम्बन्धि ब्यवस्था कागजमा मात्र सिमित हो रहेछ भन्ने कुरा अहिलेको आपतकालिन अवस्थाबाट पनि प्रमाणित भएको छ भने ठुलाठुला सपनामा मात्र रमाउने सरकार लाई यहि भन्न मन लाग्छ तिमी काहां छाै मास्क, अक्सिमिटर र कात्रोको कालोबजारि रोक्न नसक्ने निर्लज्ज सरकार ।
वाई आर अवस्थी