• Sun. Mar 23rd, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

कुन अवस्थामा दाँतमा ब्रेसेस बाँधिन्छ ?

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष

काठमाडौँ — दाँतमा तार अर्थात् ब्रेसेस बाँध्नु भनेको संरचनाको लागि मिलाउने हो । दाँतमा ब्यालेन्स मिलेन भने चपाउन गाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ ।

अर्को कारण भनेको युवा उमेरका मानिसहरुले ब्रेसेस सुन्दर देखिनका लागि बाँध्ने गर्दछन् । दाँत बढी फाटिएको, खप्टिएको अवस्थामा ओठ बन्द नहुने, बोल्दा बोली स्पष्ट नहुने समस्या भएमा पनि ब्रेसेस बाँधिन्छ । दाँतमा यस्ता समस्या भएमा दाँत माँझ्दा राम्ररी सफा नहुने, भित्र हड्डीसम्म संक्रमण फैलिन सक्ने सम्भावना हुन सक्ने भएकाले दाँतमा ब्रेसेस बाँध्नुपर्ने हुन्छ। कसैको अनुहारको हड्डी बिग्रिएको हुन्छ त्यसबेला पनि दाँतमा ब्रेसेस बाँध्नुपर्ने हुन्छ र कहिलेकाहीँ त सर्जरी गर्नुपर्ने पनि हुन्छ ।

यो बाँध्नका लागि कुन उमेर सबैभन्दा उपयुक्त हो?

नेपालमा तार बाँध्नका लागि उपयुक्त उमेर यो नै भन्ने छैन तर अमेरिकन एसोएसिएन अफ अर्थोडन्टिस्टले उपयुक्त उमेर ७ वर्ष तोकेको छ । ७ वर्षमा स्थायी दाँत र दुधे दाँत दुवै मिक्स भएर बसेका हुनाले त्यो दाँतमा भविष्यमा केही समस्या आउने हो कि भनेर पहिल्यै रोकथाम गर्न मिल्छ भनेर फस्ट चेकअप यो उमेरमा गर्नुपर्ने हुन्छ। ब्रेसस बाँध्ने काम भने ११–१२ वर्षको उमेरमा गरिन्छ । सबै दाँत आइसकेको र अन्तिमा केही दुधे दाँत बाँकी रहेको खण्डमा हामी उपचार सुरु गर्छौं र यो समयमा उपचार गर्‍यो भने राम्रो र छिटो नतिजा आउँछ भन्ने धारणा छ । ब्रेसेस बाँध्‍न उमेर महत्वपूर्ण त होइन जुनसुकै उमेरमा बाँध्न मिल्छ तर कति हदसम्म उपचार गर्ने र कति राम्रो नतिजा निकाल्ने त्यो उमेरमा भर पर्छ । यसमा अरु अवस्था पनि छ जस्तै हड्डी नै तान्नुपर्ने भयो वा ठेल्नुपर्ने भयो भने ८–९ वर्षमा गर्नुपर्ने हुन्छ किनकी त्यतिबेलासम्म हड्डी सबै जोडिएको हुँदैन । सर्जरी गर्नका लागि भने १८ वर्ष पुगेको हुनुपर्छ । कुन समयमा ब्रेसेस बाँध्ने भन्दा पनि बिरामीको अवस्था हेरेर उपचार गरिन्छ ।

ब्रेसेस कसरी बाँधिन्छ? कति प्रकारको हुन्छ?

ब्रेसेस बाँध्ने पनि धेरै तरिका र प्रकार छ । मेटल ब्रेसेस धेरै जसो प्रयोग हुने गरेको छ । यो मेटलले बनेको हुन्छ । यो दाँतमा विशेष सिमेन्टले टाँसिएको हुन्छ । यो उपचार अवधिभर ‘फिक्सड’ हुन्छ । यो निकाल्न मिल्दैन । हरेक महिना आउनुपर्ने हुन्छ । कस्नुपर्ने हुन्छ । तार पनि अवस्था हेरेर परिवर्तन हुन्छ । कसै–कसैलाई मेटल ब्रेसस मन नपर्ने पनि हुन सक्छ । नदेखियोस् भन्ने हुन्छ । त्यसको विकल्पमा सेरामिक ब्रेसस छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो खाली यो सेरामिकले बनेको हुन्छ र देखिँदैन ।

ब्रेसेस बाँधेको व्यक्तिले खानेकुरा खाँदा केही सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै साह्रो चिज नखाने, चप्किने चिज नखाने, ब्रस गर्दा सावधानी अपनाउने । ब्रेसेस बाँध्दा ब्रस गर्दा अप्ठ्यारो हुन्छ कसैलाई गिजामा संक्रमण हुन सक्छ । त्यसैले फलोअप राम्रो हुनुपर्छ । त्यसैगरी अर्को उपाय भनेको नेपालमा भर्खर भर्खर आएको छ । त्यो हो ‘क्लियर अलाइनर्स’ । यसको फाइदा के छ भने सामान्य ब्रेसेस लगाएपछि व्यक्तिले साह्रो तथा चप्किने खाना मिल्दैन, हरेक महिना आइराख्नुपर्ने हुन्छ फलोअपका लागि तर यसमा आउनु पर्दैन । यो बक्समा सेटसहित आउँछ । हामीले बिरामीको दाँतको नाप लिन्छौँ । नाप लिइसकेपछि थ्रिडि प्रिन्टिङ गरेर दाँतको डुप्लिकेट बनाउँछौँ । मेसिनले नै क्लियर अलाइनर्स बनाइदिन्छ । माथि एउटा तल एउटा लगाउने हो । खानामा प्रतिबन्ध छैन । ब्रस गर्दा पनि समस्या हुने भएन । जे खाए पनि भयो । यसको नराम्रो पक्ष भन्दा यो सबै केशमा लागू हुँदैन । अवस्था हेरेर हुन्छ र अरु प्रविधि भन्दा पैसा पनि बढी लाग्छ ।

ब्रेसेसको उपचार अवधि कति हो?

यसमा अवस्था हेरेर हुन्छ । समान्यतया २ देखि साढे २ वर्षसम्म यसको उपचार अवधि हो । कहिलेकाहीँ दाँत निकालेर गर्नुपर्ने हुन्छ अलि समय लाग्छ । कहिलेकाहीँ मिलाए मात्र पुग्छ । अलि सिरियस केशमा चाहिँ जस्तो कसैको हड्डी नै सर्जरी गरेर मिलाउनुपर्ने केश छ भने पहिला ब्रेसेस बाँधिन्छ । त्यसपछि सर्जरी गर्नुपर्छ र फेरि ब्रेसेस बाँध्नुपर्ने हुन्छ । अलि समय लाग्छ । तर यो उपचारको लागि अरु नयाँ विधि पनि आएको छ त्यो हो सर्जरी फस्ट यो उपचार करिब डेढ वर्षमा सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *