• Tue. Jun 18th, 2024

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

पछिल्लो २४ घण्टामा ९ हजार १२७ जनामा कोरोना पुष्टि, ४ हजार ७ संक्रमणमुक्त

ByHealth

३ वर्ष ३ वर्ष ३ वर्ष

काठमाडौँ — पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ६०७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *