• Mon. Dec 2nd, 2024

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

के हो अल्छी आँखा? कसरी बच्ने?

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष

काठमाडौं- अल्छी आँखाको समस्या सामान्यतया बच्चाहरुमा हुने गर्दाछ। दृष्टि विशेषज्ञ डा दिपक कुमार साहका अनुसार नेपालमा करिब डेढदेखि दुई प्रतिशत बालबालिकामा अल्छी आँखाको समस्या छ। समयमै गरिएको उपचारले अल्छी आँखाको समस्या निको हुन सक्छ। तर हेलचक्र्याई गरियो भने आँखाको ज्योति गुम्न सक्ने डा साहले बताए।

अल्छी आँखा भनेको के हो? कसरी हुन्छ? बच्ने उपाय लगायत विषयमा हामीले दृष्टि विशेषज्ञ डा साहसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, उनीसँग गरिएको भिडियो कुराकानीः

अल्छी आँखा भनेको के हो? यो कस्तो खालको समस्या हो?
– आँखाले काम नगरेर आँखा अल्छी हुन्छ।
– दुईमध्ये एक आँखाले काम गर्न छाडेमा आँखा अल्छी हुने समस्या छ।
– सामान्यतया आँखा अल्छी हुने समस्या बच्चाहरुमा बढी हुन्छ।
– मोतिबिन्दुको समस्या लिएर जन्मने बच्चाहरुमा पनि यो समस्या हुन्छ।
– दुई वटा आँखामा फरक फरक पावर छ भने पनि आँखा अल्छी हुन सक्छ।
– डेढो आँखा भएकाहरुमा पनि डेढो आँखाले काम गर्न छाडिदिन्छ।
– बालबालिकाको ९÷१० वर्षको उमेरसम्म उपचार गरियो भने आँखाको समस्या ठिक हुन्छ। तर समयमै उपचार भएन भने आँखाको ज्योति गुम्न पनि सक्छ।
– गर्भवतीले सूर्तिजन्य पदार्थको प्रयोग गरेमा बच्चाहरुमा यो समस्या देखिन सक्छ।

अल्छी आँखाको समस्या कसरी पहिचान गर्न सकिन्छ?
– सामान्यतया शिशुहरु प्लस थ्री को पावर लिएर जन्मन्छन्।
– सात वर्षपछि कसैको आँखाको पावरको विकास हुन्छ भने कसैको हुँदैन।
– आँखाले काम गर्न छाड्यो भने आँखा डेढो, मोतिबिन्दु हुन सक्छ।
– आँखाको पावर एक्कासी घट्यो या बढ्यो भने सचेत रहनु पर्छ।

के अल्छी आँखाको समस्याबाट बच्न सकिन्छ? अभिभावकले के कुरामा ध्यान दिन आवश्यक छ?
– बालबालिकाको आँखाको स्वास्थ्यमा अभिभावक र विद्यालयको भूमिका निकै महत्वपूर्ण हुन्छ।
– विद्यालयले कुनै पनि विद्यार्थीलाई भर्ना गर्नुअघि आँखाको स्क्रिनिङ गरेर अघि बढ्न सक्यो भने धेरै राम्रो हुन्छ।
– अभिभावकले आफ्ना बालबालिकाको ६÷६ महिनामा आँखाको परीक्षण गराउनुपर्छ।
– नेपालमा करिब डेढ देखि २ प्रतिशत बालबालिकामा अल्छी आँखाको समस्या छ।
– आँखाको परीक्षण नगराएसम्म अल्छी आँखाको समस्या पहिचान गर्न सकिँदैन।
– प्रत्येक विद्यालयलमा सरकारले भिजन क्लब बनाउने योजना ल्याउन आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *