• Tue. Feb 11th, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

संविधानले रोक्न नसकेको वालविवाह र वहुविवाह

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष
वाई आर अवस्थी

नेपालमा ठुलो संघर्ष र बलिदान पछि लोकतान्त्रिक गणतन्त्र सहितको नेपालको संविधान २०७२ जारि भएसंगै संविधानमा वाल विवाह र वहुविवाह गर्न नपाउने भनेर प्रस्ट व्यवस्था समेत उल्लेख गरिएको छ तरपनि ब्यबहारमा जस्ताको त्यस्तै रहेको पाइन्छ । नाम सुमि ,ठेगाना सुदुर पश्चिम, उमेरले १५ बर्ष मात्र छिन (नाम परिबर्तन) कक्षा ८ मा पढछिन र उनले आफ्नै कक्षामा पढने बर्ष १६ का रितेस लाई मन पराएर भागेर विहेपनि गरिसकिन उनलाइ सानो उमेरमा विहे गर्नु हुन्न भन्ने मात्र थाहा छ तर नेपालको संविधान २०७२ अनुसार बिस बर्ष मुनि विहे गरेपछि हुने कानुनि सजायको बारेमा थाहाछैन र विहेभएको १ बर्ष पुग्दापनि केहि सजाय भएको छैन यस्तै हुन अर्का रतन बहादुर उनको घरमा श्रीमति सहित २ बर्षकि सानि छोरि पनि छिन तरपनि उनले आफ्नै छिमेकि गांऊकी १९ बर्षिय शर्मिला संग प्रेम बिबाह गरे बिबाह गर्दै गर्दा उनको घरको श्रीमतिलाई चिन्ता थपियो तर कानुनी उपचार माग्न सम्भब भएन किनकि न्यायको लागी टाढा सदरमुकाम जानु पर्छ त्यहिपनि उनलाइ राम्रो संग थाहा छ फैसला त लामो समय पछि मात्र हुन्छ अनि अर्कोतिर वहुविबाहको मुद्दा हाल्न मन भएपनि भोली श्रीमानले मलाई हेर्दैननकी … साना छोरा छोरी कसले हेरिदेला भन्ने मनभरि पिडा र पिर छ । यि त केवल प्रतिनिधि पात्र मात्र हुन नेपालका कुना कप्चा ,गाऊं देखि शहर सम्म खाज्ने हो भने नेपालको संविधान २०७२ जारि भए पछिपनि वालविवाह , वहुविवाह र अनमेल विवाह गर्न लाखौंको संख्यामा होलान ।

नेपालमा विवाह सम्बन्धि संवैधानिक व्यवस्था मुलुकी देवानी (संहिता) ऐन, २०७४को भाग–३ अन्तरगत परिच्छेद–१ मा भने यस्तो रहेको छ । परिच्छेद–१को ६७. विवाह भएको मानिने कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्यकुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।

परिच्छेद–१को ७० अन्तरगत विवाह हुन सक्ने (१) यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिलाबीच विवाह हुन सक्नेछ

(क) पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा,
(ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा,
(ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा,
(घ) बीस वर्ष उमेर पूरा भएमा ।

(२) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन ।
परिच्छेद–१को ७१. अन्तरगत विवाह गर्न, गराउन नहुने (१) कसैले पनि दफा ७० बमोजिम विवाह हुन सक्ने अवस्था नरहेको पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।

(२) कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन ।

(क) शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको,
(ख) यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको,
(ग) पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको,(घ) होस ठेगानमा नरहेको,(ङ) विवाह भैसकेको,(च) गर्भवती भएको,(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको ।

(३) उपदफा (२) बमोजिम झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तोविवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

परिच्छेद–१को ७२. विवाह बदर हुनेः (१) देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछ ।

(क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह,(ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह ।(२) उपदफा (१) बमोजिम भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७०को उपदफा (२) बमोजिम भएको विवाह बदर हुनेछैन ।

७३. विवाह बदर गराउन सक्नेः (१) देहायका अवस्थामा भएको विवाह त्यस्तो विवाह गर्ने कुनैव्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्नेछ (क) दफा ७० को उपदफा (१) को खण्ड (घ) बमोजिम विवाह गर्ने उमेर पूरा नभएमा,(ख) दफा ७१ को उपदफा (२) बमोजिम झुक्याई विवाह गरे वा गराएमा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवाहको परिणाम स्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ । परिच्छेद–१को ७४. शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने (१) दफा ६९ को उपदफा (२)मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन ।

(क) जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा,
(ख) दफा ७० को उपदफा (२) बमोजिम विवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा ।

परिच्छेद–१को ७८. बमोजिम विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने (१) दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन परेमा सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले सात दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्नेछ ।(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित सम्बन्धित अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनै शङ्का लागेमा नेपाल सरकार समक्ष पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ ।

परिच्छेद–१को ८२. वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने देहायका कुनै अवस्थामा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ ।

(क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा,
(ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा,
(ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।

परिच्छेद–१को ८३. पुनः विवाह गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायकाकुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ ।

(क) दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा,
(ख) पति वा पत्नीको मृत्यु भएमा,
(ग) पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा ।

यसर्थ मुलुकी देवानी (संहिता) ऐन, २०७४को भाग–३ अन्तरगत परिच्छेद–१ देखि परिच्छेद–३ सम्म विवाह सम्बन्धि संवैधानिक व्यवस्था प्रस्ट भएपनि व्यवहारमा भने कानून बमोजिम भएको पाइदैन .धैरै जसो सुरक्षाकर्मि, सरकारी कर्मचारी शिक्षित परिवार र समाजमानै यस्तो काम गरेको पाइन्छ । नेपालको सन्दर्भमा वालविवाह र वहुविवाह सम्बन्धि संवैधानिक अवस्थालाइ लात हानेर सकभर स्थानिय निकाय अर्थात गाऊं समाजमै मिलाउने परिपाटि अझै कायमै रहेको देख्न सकिन्छ कतिपय अवस्थामा न्युन संख्यामा मात्र न्यायालय सम्म पुग्छन भने धेरै भन्दा धेरै गुपचुप रुपमा वसेर व्यवहारिक रुपमै सामान्य जिवन यापन गर्ने गरेको पाईन्छ यसर्थ जबसम्म सरकारले कडारुपमा वहुविवाह र वालविवाह गर्ने लाई स्थानिय निकाय तथा अदालतमा मुद्दा दायर भएपनि या नभएपनि खोजिनिति गरेर कार्बाहि नगरुन्जेल सम्म नरोकिने देख्न्छि । यस्तै अवस्था रहि रहनेहो भने संम्बिधानमा मात्र वहुविवाहको कानुनि व्यवस्था रहिरहने र व्यवहारमा पनि जस्ताको त्यस्तै रहिरहने निश्चित छ ।

वाई आर अवस्थी, : लेखक, जनस्वास्थ्यका विविध विषयमा विगत १० वर्षदेखी कलम चलाउँदै अाउनुभएकाे, र हाल स्वास्थ्य सेवा प्रदायक प्रतिष्ठित संस्थामा कार्यरत हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *