• Wed. Feb 12th, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

गाउँमा विरामिको संख्या घट्दै ।

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष


वुधबार,१९/ डडेल्धुरा, कोभिडको दोस्रो लहरले नेपालका धेरै जसो गाउँसम्म प्रभाव पारेको देखिन्छ । केहिदिन अघिसम्म तिब्र रुपमा रहेको कोभिड संक्रमण हिजाे आज भने क्रमश घट्दै आएको देखिन्छ । पहाडका दुर्गम गाउमा पिसिआर परिक्षण गर्ने सर्वसुलभ व्यवस्था सवै ठांउमा नभएतापनि पिसिआर उपलब्ध भएको स्थानमा गएर पिसिआर पिरक्षण गराउने हरुमा थोरैजसो संख्यामा पोजेटिभ पनि देखिएका छन । कोभिडसंग मिल्दोजुल्दो लक्षण भएका धेरैजसो विरामि गाउंमा रहेको र ज्वोरो आएर उपचारको लागि सामुदायिक स्वास्थ्य आउने बिरामि संख्या निकै वढि भएपनि आजभोलि भने ज्वरो आएर सामुदायिक स्वास्थ्य आउने संख्या भने घटदै गएको कुरा डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा ०५ सामुदायिक स्वास्थ्यका कर्मचारी रुद्र अवस्थीले हिमाल हेल्थ लाई जानकारि दिएका छन । समयमा पिसिआर गराउन नसके पनि मिल्दो जुल्दो लक्षण लाई आत्मवल र गाऊंकै जडिबुटीले सजिलै परास्त गर्न पनि सकिने कुरा ज्वरो लागायत मिल्दो जुल्दो लक्षण बाट १०दिन सम्म थला परेका राम सिङ वताउछन । कोभिड १९ ले नेपालका गाउँ गांउमा असर पारेको र कोभिड सम्वन्धि स्वस्थ्य जनचेतनाको कमि भएको कारण गाउंमा संक्रमण बढि फैलिएको हुनसक्ने भएपनि वर्तमान सन्दर्भमा सक्रमणमुक्त हुने दरभने बढेको पाइन्छ । सन्चोहुने संख्या बढदै गएपनि यसलाई बेवास्ता गर्न भने नहुने र मास्क सेनिटाईजरको प्रयोग लगायत सावुन पानिले नियमित हात मुख धुने वानि पनि नछुटाउनु पर्ने कुरा स्वास्थ्यशिक्षा विद कृष्ण गाैतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *